काठमाडौँ , भाद्र २५
चर्चित लोक गायिका बिष्णु माझीको तीज गीत चरी जेलैमाले इतिहास रच्दै गर्दा पुन: उनैको आवाजमा रहेको मर्म स्पर्सी लोक दोहोरी गीत यथार्थको जिन्दगि सार्बजनिक भएको छ !
शब्द रचना मा माहिर सर्जक शिव सुबेदीका मार्मिक शब्दले भरिएको यो गीतमा संगीत संयोजन भने लोकप्रिय सर्जक प्रसाद लामिछानेले गरका हुन् ! सबैको मन मुटुमा बस्न सफल गायिका बिष्णु माझीको बुलन्द आवाज मा साथ् दिएका छन् अर्का चर्चित गायक बिक्रम परियारले ! माया प्रेम मा मिलन र बिछोड समेटिएर टायर गरेको यस गीत लाइ मारुनी रेकर्डिङ स्टुडियो मा कुमार रानाको टिमले अडियो तयार गरेको हो भने अर्का श्रस्टा तथा निर्देशक बिनोद भण्डारीले निर्देशन गरेको भिडियोलाइ क्यामेरामेन दिपक गिरीले छायांकन गरेका छन् !
त्यसै गरि अहिलेको चर्चित सिरियल भुन्टी तथा कान्छी कि प्रमुख पात्र आशा खड्का को जिबन्त अभिनयलाई साथ् दिएका छन् कमल अर्याल , बिध्या अर्याल र बाल कलाकार प्रजल लामिछानेले !
आउनुहोस हामि पनि हेरौं उक्त गीतको म्युजिक भिडियो

