काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई मानपदवी, अलंकार र पदक प्रदान गर्दै हुनुहुन्छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गर्न लाग्नुभएको हो ।
प्रबल जनसेवाश्री पदवीबाट लोक गायिका विष्णु माझीलाई सम्मान गरिने भएको छ । गायिका माझीले अहिलेसम्म गुमनाम जीवन बाँचिरहेकी छन् ।
माझीका सयौं हिट गीत भएपनि उनी अहिलेसम्म सार्वजनिक रुपमा देखिएकी छैनन् । गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा जान्नन् , उनी । उनले अहिलेसम्म देश-विदेशका कुनै पनि मेला-महोत्सवमा प्रस्तुत दिएकी छैनन् ।
पछिल्लो समय तीज विशेष ‘चरी जेलैमा’ बाेलकाे गीत सार्वजनिक भएपछि उनकाे धेरै खाेजि भयाे । गीतले उनको निजी जीवन सार्वजनिक हुनुपर्छ भन्दै बहस चल्यो । धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क दिए ।
राष्ट्रिय मानव अधिकार आयोगले समेत जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीको अवस्था बुझ्न आग्रह गर्यो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली गायिका माझीको माइतीघर चापाकोट पनि पुग्यो, तर उनी भेटिएनन् ।
२०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । त्यो बेला माझीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताएकी थिइन् ।
सुन्दरमणि अधिकारी संगै बिष्णु माझी उक्त सम्मान थाप्न पुग्ने समेत पारिवारिक श्रोतको भनाइ छ।कुलेन्द्र विश्वकर्माले लालीगुराँस डटकम संग कुरा गर्दै भन्नु भयो “धेरैको प्रश्न थियो गीत यतिधेरै चल्यो तर किन अवार्ड सम्मान तिर यो गीत त्यति पर्दैन भनेर म त्यति अवार्ड सम्मानलाइ बिस्वास गर्ने कलाकार भने हैन,आफैले फारम भरेर पारिदिनुस न भन्नु पर्ने अवार्ड भन्दा पर्यो भनेर आफैलाई खबर आउने सम्मानको अर्कै महत्व हुन्छ हो त्यो महत्व भित्र यो नेपाल सरकारले दिन लागेको सम्मान रहेको छ,केहि हद सम्म हाम्रो गायनको सम्मान हुदा आफ्नै क्षेत्रको सम्मान भएको महसुस भएको छ,यसमा म अत्यन्तै खुसि छु।”
पछिल्लो केहि समयदेखि बिष्णु माझीको धेरै खोजि भैरहेकै बेलामा यो सम्मान प्रदान गर्नु भनेको सबैको लागि बिशेष र चुनौती पनि छ।सम्मान लिन बिष्णु माझी न जानेपो होकि भन्ने प्रश्न उठिरहेको बेलामा बिष्णु माझीको पारिवारिक श्रोतका अनुसार आफै सम्मान लिन जाने र मिडिया समू पनि देखिने खबर बाहिरिएको छ।यही बिषयमा कुलेन्द्र बिश्वकर्मा संग बुझ्दा पनि सोहि जानकारी प्राप्त भएको छ।
कुलेन्द्र भन्छन “बिष्णु माझी जी आफै जानु हुन्छ मिडियामा बोल्ने न बोल्ने कुरा चाही उहाकै रहयो तर त्यहा देखिनु चाही हुन्छ सबै समू,हाम्रो भर्खरै टेलिफोन बार्ता भएको थियो बिष्णु जीसंग”।बिष्णु माझीको खोजि गर्दै प्रहरी समेत उनको जन्म थलो पुगेको थियो।कुलेन्द्र बिक र बिष्णु माझीको लागि यो सम्मान र भेट बिशेष रहने पनि देखिन्छ कारण उनको खोजि गर्ने बेलामा कुलेन्द्रको पनि चर्चा हुने गर्दछ।
बर्षौ देखि संगै धेरै गीत गाएका यो जोडीलाई सालको पातले भने इतिहासनै बदल्ने गरि रेकर्ड राखिदियो जसको फल स्वरूप बिष्णु माझीको यस बर्ष आएको नया गीत ‘चरी जेलैमा’को अर्को एउटा उदाहरण रहयो।तीजमा झन्डै २० दिनमै २ करोड दर्शकले उक्त गीत हेरेका छन जसले गर्दा झन् बिष्णु माझीको चर्चा चुलेको हो।