चितवन, ०४ असोज ।
२०७८ सालको बडा दशैको अवसर पारी टिम चितवनद्वारा निर्मित दशै गीत ह्याप्पी दशै सार्वजनिक भएको छ। नव सर्जक सन्तोष पन्तको शब्द,संगीतमा तयार भएको उक्त गीतमा चर्चित गायक राजु ढकाल,रविन लामिछाने,चर्चित गायिका देवी घर्ती र दोहोरी च्याम्पियनबाट चर्चा कमाउन सफल गायिका अस्मिता डल्लाकोटिले आवाज दिएका छन्।
गीतको भिडियोमा सर्जक सन्तोष पन्त,सुष्मा ढकाल,गायिका अस्मिता डल्लाकोटी र दिलिप देवकोटा संगै टिम चितवनमा आवद्ध सदस्यहरुको अभिनय रहेको छ।
गीतको भिडियोलाई बिरेन्द्र भट्टले खिचेका छन् भने चेतन गोतामेको एरेन्ज रहेको गीतको भिडियो सम्पादन अबिनास डि।सीले गरेका छन् भने भिडियो मदन खडकाको निर्देशनमा तयार भएको हो ।
उक्त गीतको भिडियो आज ९सोमबार ० स्माइल नेपाल अनलाइन टि।भि।बाट बजारमा आएको छ। गीतका सर्जक सन्तोष पन्तले आफुले यसै गीतबाट सांगेतिक क्षेत्रमा पाइला चालेको बताउदै आफ्नो यो पहिलो सिर्जनालाई दर्शक स्रोताहरुले मन पराइदिनु हुनेछ भन्नेमा आफू ढुक्क भएको बताएका छन्