कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गईरहेको छ भने राजनैतिक नेतृत्वलाई पनि कोरोनाले छुन थालेको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणि पोखरेल ज्यूलाई कोभिड-१९ पोजेटिभ देखिएको मन्त्रालयको निजि सचिवालयका बिनोद न्यौपानेले फेसबुक मार्फत जानकारी दिएका छन्।
कोरोना संक्रमित माननीय मन्त्रीको स्वास्थ्यमा कुनै समस्या नरहेको पनि उहाले बताउनु भयो।