भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित हुनु भएको छ । युनियनको आज सम्पन्न आठौं अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
पौडेलले १३१ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिद्वन्द्वी विष्णुप्रसाद बास्तोलाले ६२ र डा. दामोदर तिवारीले ४९ मत प्राप्त गर्नुभएको छ । साथै युनियनको उपाध्यक्षमा डा. दिपेन्द्र न्यौपाने र सचिव शिवप्रसाद बसेल निर्विरोध निर्वाचित हुनु भएको छ ।
कोषाध्यक्षमा डा.प्रतिक न्यौपाने १४४ मत सहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी अस्मिता ज्ञवालीले १२ मत प्राप्त गर्नुभएको छ । यस्तै सहसचिवमा ८३ मत सहित राजनबाबु तिवारी विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी शर्मिला पाठकले ७९ र उत्तम पौडेलले ७५ मत प्राप्त गर्नुभयो ।
सदस्यहरुमा इरिना प्रधान (१४६), बुद्धलाल गुरुङ्ग (१२४), अनुजा खनाल (१२०) र रमा रिजाल (११३) मत सहित विजयी हुनु भएको छ । सदस्यहरुमा गौरी शर्मा (१०१), ज्ञानबहादुर भण्डारी (९५), तुलसी थापा (९०) र रनकुमारी लामिछाने (८०) मत प्राप्त गर्नुभएको थियो ।
भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनको १४ औं साधारण सभा सम्पन्न भएपछी गर्ने भनिएको आठौँ अधिवेशन कोरोनाका कारण स्थगित भएको थियो भने आज दिउसो अस्पतालको बिरामी कुरुवा भवन परिसरमा दिउसो १ बजे देखि सम्पन्न भएको थियो।

