पछिल्लो २४ घण्टामा नेपालमा २०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ४ हजार १४५ पीसीआर परीक्षणमा २०९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ७८७ पुगेको छ ।
यस्तै २ हजार ९९१ एन्टिजेन परीक्षणमा ३३ जनामा पोजिटिभ देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ७ हजार १३६ परीक्षणमा २४२ मा कोरोना पुष्टि भएको छ ।

