काठमाडौं : नेपालमा कोरोना संक्रमणको कारण थप १९ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।
यसअधि बुधवार नेपालभर १२ जना, मंगलवार १८ जनाको मृत्यु भएको थियो । त्यस्तै आइतवार ९ जना र सोमवार कोरोनाको कारण सबैभन्दा धेरै २२ जनाको मृत्यु भएको थियो ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १६ हजार ५९८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३६ हजार ५३३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २४ हजार १९४ जना र संस्थागत आईसोलेसनमा १२ हजार ३३९ जना छन् । तिमध्ये ३१४ जना संक्रमितको आईसियु र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८२५ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके र दाङ गरि ११ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।