संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन् । बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको बताएका हुन् ।
पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउण्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले कर्मचारी संयन्त्रले पूर्ण सहयोग नगरेको गुनासो गरेका हुन् । आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्रगतिमा काम गरिरहेको भएपनि कर्मचारी संयन्त्रको गति सुस्त भएको गुनासो गरेका हुन् ।