अटोमोवाइल्स डिलर एशोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । अर्का प्रत्यासी करण चौधरी भने एक हजार ३४७ मतका साथ ६६ मतान्तरले पराजित भएका हुन् ।
थापाको एक हजार ४१३ मत आउँदा चौधरीको एक हजार ३४७ मत प्राप्त गरे ।
निर्वाचनमा सदस्यतर्फ चौधरीको समूहका १२ जना र थापा समूहका पाँच जना विजयी भएका छन् ।
चौधरीको समूहबाट मिलनबाबु मल्ल १४६५, अनुपकुमार मल्ल १४६३, राजनबाबु श्रेष्ठ १४५७, सुरेन्द्र कुमार उप्रेती १४३२, सुनिल रिजालले १४०२ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै, अभिक ज्योती १३८३, प्रकाश कपुरी १३७९, बिक्रम सिंहानिया १३७१ गोपाल भट्टराई १३६५, निलमणि पाठक १३५४, वरदान बस्नेत १३५० र पंकज अग्रवालले १३३४ मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै, थापाको समूहबाट निराकर श्रेष्ठ १३६४, यमुना श्रेष्ठ १३५५, कपिल शिवाकोटी १३४८, प्रदीपमान प्रधान १३४६ र आकाश गोल्छाले १३३९ मत प्राप्त गरेका छन् ।
संस्थागत सदस्यतर्फ भने सर्वसम्मत भएको थियो । चुनाव कार्यक्रम काठमान्डौमा सम्पन्न भएको थियो।