कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने हुनुभएको छ । संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने योजना सफल नभएपछि सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएका पौडेल तटस्थ बस्न लाग्नुभएको हो ।
पौडेलले प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ । यसअघि आफूलाई सहयोग गर्न आग्रह गर्दै पौडेलनिवास पुगेका सभापतिका उम्मेदवार शेरबहादुर देउवासँगको भेटमा पनि पौडेलले तटस्थ बस्ने बताउनुभएको थियो ।
पौडेलले महाधिवेशनका क्रममा भएका कतिपय गतिविधिले आफूलाई खिन्न बनाएको बताउदै आउनुभएको छ ।