भरतपुर : भरतपुर महानगरपालिका १५ मंगलपुर चोकमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । से १ च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री स्थानीय तुलबहादुर मिङ्मी मगरको आइतबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फाइल फोटो

