काठमान्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन्।१३ हजार ८ सय६१ जनामा गरिएको पिसिआर परिक्षणका क्रममा काठमान्डौ उपत्यकामा १७०२ सहित ३ हजार ९३ जना थपिएका हुन्। आज २ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन्।
यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको छ।