चितवन -पौष ५
नेपाली क्रीकेटमा कालो सुर्य ग्रहण क्यानको कार्य र खेलाडीको अस्तित्व आखिर किन विवाद आइरहन्छन ?
नेपाली क्रीकेटले सारा नेपालीलाई एकीकृत गर्दै सफलताका बाटो मा लम्किदै गर्दै आज नेपाल जहाँ पुगेको छ र रहेको छ सायद त्यो स्थान्मा पुर्याउन महत्त्वपूर्ण भुमिका नेपाली क्रीकेट खेलाडीकै छ यसमा दुई मत छैन ।
क्यान एउटा नेपाली क्रीकेटको सर्बोच्च संस्था भएनी उसको जिम्मेवारी दायित्व कर्तव्य बोध त परको कुरा अहिले सम्म देशको लागि खेल्ने खेलाडीको हितमा छैन।। कहिले राजनितीको जालमा त कहिले भ्रष्टाचारको भुमरिमा रहेर आइसिसीबाट निलम्वन सम्म पुगेको सबैलाइ थाह नै छ ।।
नेपाली क्रीकेट लाई माथी पुर्याउन सबैभन्दा महत्त्वपूर्ण हिस्सा रहेका पुर्ब कप्तान पारस खड्काको बयान गर्न सायदै नसकिएला।। उनको नेतृत्व लाई नेपाली क्रीकेटको स्वर्ण युग भनेनी कम हुन्छ। आफुले खाइ नखाइ सधै नेपाली क्रीकेट लाई उच्चो मान्ने पारस जस्ता नेपाली क्रीकेटर साय्दै अब जन्मेला नजन्मेला त्यो भबिस्यले बताउला ।
पछिल्लो जानकारी र समाचार हेर्ने हो भने क्यान र नेपाली क्रीकेट खेलाडी बिच पानी बराबर को स्थिति छ क्यान आफुलाइ सर्वोपरि ठाँन्दछ त केही खेलाडी मा हामी बिना नेपाली क्रीकेट चल्दैन भन्ने अहमता त्यो अबस्य पनि नेपाली क्रीकेटको हितमा छैन।त्यसैले क्यानले पनि नेपाली क्रीकेट खेलाडीको अस्तित्व र लगनलाई बिस्वास गरेर एकपटक लाई माफी दिनसक्नु पर्छ ।
खेलाडीले पनि कुनै केही समस्या भए घरमा नै समाधान गर्नुपर्छ। बाहिर हल्ला फिजाएर अनि नेपाली क्रीकेट समर्थकलाई जुधाएर पक्कै पनि समस्या समाधान हुदैन।खेलाडी खेलाडी बिचमा गुट बन्दी हुँदा नेपाली क्रीकेट नै तहस नहस हुन जान्छ।
क्यानको कार्य कस्तो छ त्यो त हामिलाइ थाहा पाएकै कुरा हो । तर अहिले समस्या यो आइदियो कि क्यान निलम्बन बाट फिर्ता आउना साथ पारसको सन्यास , पारस र ज्ञानेन्द्र मल्लको राष्ट्रिय प्रतियोगिता बहिस्कार ,छुम्बी लामासॅंग पारस र ज्ञानेन्द्रको नजिकताले आफै सर्वेसर्वा ठान्ने प्रवृती बढ्दै गएको अनुमान एउटा सामान्य समर्थकले पनि बुझ्न देख्न सक्छ।
पारसले सन्यास लिएर नेपाली क्रीकेटको सर्बोच्च निकायमा पुग्ने र नेपाली क्रीकेट लाई माथी लान क्यानकोबिधान अनुसार दुई बर्ष अगाडि नै सन्यास लिसकेका छन भने ज्ञानेन्द्र मल्ल आफ्नु खेलाडी जीवनको अन्तिम अन्तिम दौरानमा छन। तर खेलाडी वर्गीकरणको बिषयमा आफू ए श्रेणी मा हुदाहुदै पनि अन्य हितमा सोच्दा उनलाइ क्यानले अनुसासन पाठ सिकाउदै कप्तान बाट बर्खास्त मात्र गरेन छ महिनाको तलब समेत नदिने निर्णय गर्दा त्यो बिबादमा झन आगोमा घिउ थपे जस्तो भयो। त्यो निर्णय मा परे साथै उपकप्तान दिपेन्द्रसिंह ऐरी खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि कारबाहीले भेट्यो।
अबको बिकल्प क्यानले आइसिसिलाइ निर्णय जानकारी गरासकेको अवस्था मा अब क्यान लचिलो हुँदै खेलाडीहरुलाइ कसरी बिस्वासमा लिएर गुट उपगुट मा बिभाजित भएका सबै खेलाडीहरुलाई सम्मान दिन सकिन्छ कसरी खेलाडीहरुलाइ एकीकृत गरेर भोलि नेपाललाई क्रीकेटको प्रमुखदेश बनाउन सकिन्छ ।
नया कप्तान नया जोश का साथ अब सबै दुरिलाइ पर नराखी अगाडि बढनुको बिकल्प छैन। क्यान र खेलाडी बिचको जुँगाको लडाइँले नेपाली क्रीकेट तहसनहस नहोस।।अन्यथा नेपाली क्रीकेट मा पक्कै पनि ग्रहण लाग्नेछ ।
- लेखक : सुमीर न्यौपाने