आज दिउसो अन्दाजि १२: ५५ बजेको समयमा नारायणी नदीको पुल माथीबाट अंन्दाजि १८।१९ बर्षकी महिलाले हाम फालेको छ भन्ने सुचना प्राप्त हुनासाथ उद्धारमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगी निज महिलाको जिवितै उद्धार गरी उपचारको लागी भरतपुर अस्पताल चितवनमा ल्याई उपचार गराउने क्रममा ऐ. १३.३० बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेकोमा मृतक लाश भरतपुर अस्पतालको शव गृहमा सुरक्षित राखिएको र निज मृतकको हालसम्म सनाखत हुन नसकेकोले निम्न हुलियाको फोटो सहितको लाश कोहि कसेको आफन्त वा चिनजानको मानिस भएमा यस जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क राख्न प्रहरी कार्यालयले अनुरोध गरेको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेको छ।