एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस चितवनले अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
एक्सपर्ट एजुकेसन चितवनका निर्देशक डिल्लीराम अधिकारीले आज एक विज्ञप्ति प्रेषित गर्दै आफ्नो मेहनतलाई अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरु मार्फत हामीलाई प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘एक्सपर्टको चितवन शाखाले स्थापनाकाल देखिनै विद्यार्थीहरुलाई भरपर्दो परामर्श सेवा दिँदै आइरहेको सबैमा अवगत नै छ । अष्ट्रेलिया जान चाहेन विद्यार्थीहरुलाई आफ्नै ठाउँमा त्यहाँका विश्वविद्यालय र कलेजसँग नजिक बनाउँदै आएका छौं । लामो समयदेखिको हाम्रो अनुभव र स्तरीय सेवाले विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि सहज बन्दै गएको छ ।’
एक्सपर्टले टोरेन्स युनिभर्सिटीः प्लाटिनम एजेन्ट–२०२१, टप पर्फमिङ एजेन्ट इन क्वीवान–२०२१, कप्लान विजनेस स्कूलः एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ कम्युनिटी इन्गेजमेन्ट÷साउथ एशिया, एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ आउटस्ट्यान्डिङ पर्फमेन्स (ग्लोबल), इडिथ काउन युनिभर्सिटीः लगातार दुईवर्षदेखि हाइवेस्ट अचिर्भ २०२१ अवार्ड, अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीः २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेशन युनिभर्सिटीः प्लाटिनम लेभल , होम्स इस्टिच्युटः टप पर्फनिङ एजेन्ट–२०२१ वेस्र्टन सिड्नी युनिभर्सिटीः प्लाटिनम एजेन्ट अवार्ड २०२१ प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नै भवनबाट सेवा शुभारम्भ
अष्ट्रेलियामा मूख्य कार्यालय रहेको यस एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको विश्वका विभिन्न देशमा गरी ४० भन्दा बढी शाखा र अन्य थुप्रै सम्पर्क कार्यालय रहेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारका अवार्डहरुले हामीलाई निरन्तर हौसला मिल्दै आएको छ । यसले हामीलाई थप जिम्मेवार बनाएको छ । विगत लामो समयदेखि हामीलाई निरन्तर साथ–सहयोग दिँदै अटुट विश्वास गरि यस सफलताको हकदार बनाइदिनु हुने सम्पूर्ण विद्यार्थी वर्ग, अभिभावक तथा शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छौं ।’ एक्सपर्टले सबैको निरन्तर साथ, सहयोग, सुझाव र मार्गदर्शन बिना पक्कै पनि यी उपलब्धिहरु सम्भव नहुने जनाएको छ । विद्यार्थीहरुको सहजता र सेवामा ध्यान दिँदै गुणस्तरीय सेवाका लागि हामी भरतपुर–१०, होटल रोयल सेन्चुरीको पछाडी आफ्नै नवनिर्मित अत्याधुनिक भवनबाट एक्सपर्टले सेवा प्रारम्भ गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।