वासिङ्टन, कार्तिक १९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन्। ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।
मतगणना जारी रहँदा ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले भने, ‘जहाँसम्म मेरो कुरा छ, हामीले जितिसक्यौँ।’
उनले चुनावको अन्तिम नतिजा नआउँदै जितको घोषणा गरेका हुन् । उनले अहिले मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाएका छन् ।
उनले भने, ‘चुनावमा धाँधली भएको छ । हामी कानूनको पूर्ण पालना गराउन लाग्ने छौँ । सर्वोच्च अदालत जाने छौँ । चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिने छैनौँ।’
तर अहिलेसम्म ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण आएको छैन । उनले मतगणना भइरहेका राज्यमा पनि आफू विजयी भएको दाबी गरेका छन्।

