सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बिमा भुक्तानी गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रम गर्दै पाख्रीबास नगरपालिका-७का मृतक कृष्णबहादुर थापाका बहिनी गंगा थापालाई मृत्युदाबी रकम हस्तान्तरण गरेको जनाएको छ ।
बिमित थापाले १० लाख रुपैयाँ बिमाङ्कको बिमा लिएको ६ महिना नबित्दै सडक दुर्घटनाका कारण मृत्यु भएको थियो । कम्पनीले बिमाङ्कबाफतको १० लाख, दुर्घटना सुविधाबाफत १० लाख र बोनसबाफत ४८ हजार रुपैयाँ थप गरी एकमुष्ट २० लाख ४८ हजार बिमितले इच्छाएको व्यक्ति गंगाथापालाई हस्तान्तरण गरेको जनाएको छ ।