सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले घटेर ९३ हजार १ सयमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६ सय कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९ सय तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २ सय ६५ मा आएको महासङ्घले जनाएको छ। चाँदी आइतबार प्रतितोला रु एक हजार २ सय ७० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ।