चितवन । नेपालि ब्राण्ड टेष्ला एयर कन्डिसनरको ब्राण्ड एम्बास्डरमा ५ बर्षीय निकोलस आचार्य नियुक्त भएका छन् । निकोलसलाई टेस्लाको अबको ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको टेस्ला एयर कन्डिसनरका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यले हामीलाई लाई जानकारी दिए ।
निकोलसले टेस्लाको ब्राण्ड प्रवद्र्धनको काम सुरु गरिसकेका छन् । ‘पाँच वर्षीय निकोलसलाई टेस्लाको ब्राण्ड एम्बास्डर बनाएर काम गर्न पाउँदा खुसी लागेको छ,’ आचार्यले भने, ‘निकोलसले पनि उत्साही बनेर ब्राण्ड प्रवद्र्धनमा सहयोग गर्न सुरु गरिसकेका छन् ।’
बिगत ७ वर्षदेखि नेपालमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर उत्पादन तथा बिक्री हुँदै आइरहेको छ । नेपाली बजारमा यो ब्राण्डको AC लोकप्रिय बन्दै गैरहेको छ । भूलक्ष्मी ग्रुपमार्फत उत्पादित टेस्ला ब्राण्ड जाडो र गर्मी दुवै मौषमका लागि वातावरणमैत्री रहेको आचार्यले जानकारी दिए ।
डिलर नेटवर्कमार्फत देशभरको बजारमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर बिक्री भइरहेको आचार्यले जानकारी दिए । ‘न्यानो प्रदान गर्ने टेस्ला वातावरणमैत्री पनि छ,’ आचार्यले भने, ‘टेस्लामा प्रयोग भएको प्रविधि उत्कृष्ट छ ।’ नेपाली ब्राण्डप्रति ग्राहकको आकर्षण देखिनु सकारात्मक पक्ष रहेको र आफूहरु उत्साही भएको आचार्यले बताए ।