पौष २७ , चितवन | चितवन , तनहुँ र नवालापुरको संगम स्थल तथा पवित्र तीर्थस्थल देबघाट धाम मा हरेक बर्ष लगाइने माघेसंक्रान्ति मेला यो साल नहुने भएको छ |
जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना संक्रमण बढेको भन्दै सबै खाले मेला महोत्सवमा रोक लगाउने निर्णय गरेको छ । प्रशासनको निर्णयपछि माघे संक्रान्ती मेला पनि स्थगित भएको हो ।
प्रशासनले आइतबारदेखि पौष २९ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ । यस्तै रत्ननगरमा हुने भनिएको रत्ननगर महोत्सव तथा खैरहनीमा हुने खिचरा महोत्सवमा पनि रोक लगाईएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

