पश्चिम चितवनका पत्रकारहरुको बृहत भेलाले २२ सदस्यीय पत्रकार मञ्च गठन गरेको छ । आज मंगलपुर स्थित अतिथि पार्टी प्यालेसमा आयोजित पश्चिम चितवन पत्रकार परिचयात्मक कार्यक्रममा पश्चिम चितवनमा रहेर पत्रकारिता गर्नुहुने झन्डै ५० भन्दा बढी पत्रकार र मिडिया व्यवसायीहरुको सहभागिता रहेको थियो। पश्चिम चितवन पत्रकार मञ्च भनेर न्यून सहभागितामा यही २६ गते गठन भएको हेमराज रिमालको अध्यक्षतामा भएको ११ सदस्यीय कार्यसमिति भंग गरेर नयाँ कमिटि गठन भएको छ।
पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा अपील घिमिरे चयन भएका छन् । उपाध्यक्षमा अनिल भट्टराई र दीपा गौतम, सचिवमा हेमराज रिमाल, सहसचिवमा विवेक पोख्रेरल र विनिता श्रेष्ठ, कोषाध्यक्षमा रविन सुवेदी चयन भएकाछन् ।
सदस्यहरुमा रामशरण गैरे, प्रकाश लामिछाने, हिरालाल आचार्य डायमण्ड, लक्ष्मी ढकाल, पुनम थापा मगर, सविता अधिकारी, समीर चापागाई, अविरल यात्री अधिकारी, देउबहादुर थापामगर, रमेश घिमिरे, किरण सापकोटा प्रेम छन् । यस्तै सुरज परियार, पुजा ढकाल, भानुभक्त रानाभाट, संगिता बानियाँ छन् । एक सदस्य पछि कार्यसमितिले मनोनीत गर्नेछ ।
प्रशस्त पर्यटकीय सम्भावना भएर पनि पश्चिम चितवन प्रचार प्रसारको कमीले गर्दा जुन व्यवासायिक सफलता पाउन सकिरहेको थिएन, आगामी दिनमा यो क्षेत्रमा आधारित रहेर समग्र भौगोलिक विकासका निम्ति लाग्न पनि आह्वान गर्नुभएको छ।

