प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव हुन नदिन निर्देशन दिएका छन् । बजारमा अत्यावश्यक औषधि अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका हुन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको हो अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रवन्ध गर्न निर्देशन दिएका थिए । त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरुसँग पनि परामर्श गरेको थियो ।
औषधीको अभाव नहुनेगरी अघि बढ्न औषधी उत्पाकहरु तयार भएका छन् । यदी कसैले औषधीको कृतिम अभाव सृजना गरेको पाए तत्काल कारवाही गर्नेगरी निर्देशन गएको छ ।

