पछिल्लो केहि दिन यता चितवनमा कोरोना संक्रमणको डर उच्च रुपमा बढ्दै गइरहेको छ। स्वास्थ्य कार्यालय चितवनले दिएको रिपोर्ट अनुसार आज चितवनमा ९४० जनाको परिक्षण गरिएकोमा झन्डै ५१ % कोरोना संक्रमित भेटिएका हुन्।
जिल्ला प्रशासन कार्यालयले आदेश जारि गर्दै कडाई गर्ने प्रयास गर्दा पनि जनमानसमा यो आदेशको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन। यत्तिका संक्रमित हुँदाहुँदै पनि मृत्यु हुनेको संख्या भने नभएको अवस्था हो। साथै आज भरतपुर अस्पतालबाट १३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।