बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छिन्। प्रियंका सरोगेसीमार्फत एक सन्तानकी आमा बनेकी हुन्। प्रियंका र उनका श्रीमान निक जोनसले आफूहरु आमाबुवा बनेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन्।
‘हामीले सरोगेसीको माध्यमबाट एक बच्चालाई हाम्रो जीवनमा स्वागत गरेका छौँ। यो विशेष समयमा हामी आफ्नो परिवारमा केन्द्रित छौँ। त्यसैले सबैलाई हाम्रो गोपनियताको ध्यान राखिदिन अनरोध गर्न चाहन्छौँ।’ प्रियंकाले लेखेकी छिन्।
प्रियंकाले सन् २०१८ मा आफूभन्दा कान्छा अमेरिकन पप स्टार निक जोनससँग विवाह गरेकी थिइन्। बलिउडका साथै हलिउडमा समेत उनीहरु चर्चित जोडीको रुपमा चिनिन्छन्।
केही समयअघि उनीहरुको सम्बन्ध बिच्छेद हुन लागेको खबर पनि बाहिरिएको थियो। प्रियंकाले श्रीमानको थर हटाएसँगै उनीहरुको सम्बन्ध विच्छेद हुन लागेको चर्चा चलेको थियो। तर, उनीहरुले भने कुनै प्रतिक्रिया दिएका थिएनन्।
View this post on Instagram

