नेपाल उद्योग वाणिज्य महांसघको १३ गते भएको चुनावमा आइएमइ ग्रुपका चन्द्र ढकाल विजयी भएका छन् । उनले एसाेसिएटमा ५२३, वस्तुगतमा ५९ र जिल्ला नगरमा ५२ मत ल्याएर विजयी भएका हुन् ।
जिल्लानगरको सबैभन्दा बढी ५० प्रतिशत मतभार रहन्छ । एसोसिएटको ३० र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ ।
उनी आगामी कार्यकालको अध्यक्ष अर्थातअप्कमिंग/ स्ट्यान्डिंग प्रेसिडेन्ट पनि बनेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको अध्यक्ष हुने व्यवस्था छ ।उनको प्यानलबाट नै एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाइ विजयी भएका छन् । जिल्ला/नगरमा प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगतमा अञ्जन श्रेष्ठ विजयी भएका छन् ।