उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा–१० बोक्सेका ५६ वर्षीय झर्कबहादुर सार्की रहेका छन् ।
नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए ।