सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ तोकिएको छ । छापावाल सुन अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ रहेको छ यसको मूल्य बिहीबार प्रतितोला ९३ हजार रुपैयाँ थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

