पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ। गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो। यो साता नेप्से परिसूचक चार दिन ओरालो लाग्दा एक दिन भने सामान्य अंकले वृद्धि भएको छ।
यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १५१.६१ अंकले घटेर २ हजार ७७९.९८ विन्दुमा झरेको छ।
अघिल्लो साता ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.६१ अंकले गिरावट आएको हो। पछिल्लो ३ साता लगातार रुपमा बढेको नेप्से परिसूचक यो साता भारी अंकले गिरावट आएको छ।
बार अनुसारको परिसूचक अंक
आइतबार : १०.८३ अंकले घटेको
सोमबार : ९९.८६ अंकले घटेको
मंगलबार : ५.५९ अंकले घटेको
बुधबार : ३८.४२ अंकले घटेको
विहिबार: ३.२९ अंकले वृद्धि

