इलाका प्रहरी कार्यालय देवघाटले ४८.९५ क्युफिट काठसहित एउटा बलेरो गडी नियन्त्रणमा लिएको छ। गएराति करिब २ बजेतिर घिनटार नजिकैबाट ना२च ७३७५ बुलेरो नम्बरको बलेरो गाडी ७४ थान चिरेको काठसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछाने जानकारी दिए।
बलेरो चालकलाई थप अनुसन्धानको लागि देवघाट सव डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ। प्रहरीको नियमित गस्तीका क्रममा उक्त काठसहितको गाडी नियन्त्रणमा लिइएको हो। वन कार्यालयका प्रमुख नवराज ढकालका अनुसार उक्त काठको हाल बजार मूल्य करिब दुई लाख रुपैयाँ पर्छ।
सव डिभिजन वन कार्यालयबाट पनि थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय तनहुँ पठाइने उनले बताए । बुधबार सार्वजनिक बिदा भएको हुँदा बिहीबार कार्यालय समयमा दमौली पठाउने तयारी भइरहेको उनले बताए।