नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसका आम कार्यकर्ताको चाहना आफुलाई सभापतिका रुपमा देख्ने रहेको बताएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकपछि संचारकर्मीसंग बोल्दै उनले भने– ‘आम कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्र दाई, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन ।’
उनले महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको पनि बताए । महामन्त्री कोइरालाले पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट सभापतिको उमेदवार को बन्ने टुंगो लाग्ने स्पष्ट पारे ।
उनले पार्टीको १४ औं महाधिवेशन फागुनमा सम्भव नभएको पनि बताए । कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट पारे ।
उनले भने– ‘क्रियाशील लगायतका सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्छ । मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुप¥यो । त्यसमा दावी विरोध हुन्छ । त्यसलाई समय दिनुप¥यो ।’
डा कोइरालाले अहिलेका अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट पारे । उनले अहिलेको अवस्थामा पार्टी सरकारमा जाँदा पार्टीलाई ठूलो घाटा लाग्ने बताए ।