निराज रानाभाट , भरतपुर , चितवन : ब्लड डोनर्स सोसाइटी नेपालद्वारा आयोजित ` बृहत खुल्ला रक्तदान कार्यक्रम ´ जेठ १४ गते , शनिबार ( अाज ) सम्पन्न भएको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा पुर्ण स्वतन्त्रबाट मेयर पदमा काठमाडौं महानगरका बालेन्द्र शाह , धरान उप – महानगरका हर्क साम्पाङ राई र धनगढी उप – महानगरका गोपाल हमला लगायतका स्वतन्त्र उम्मेदवारहरुको विजय उत्सवकाे अवसरमा ` बृहत खुल्ला रक्तदान कार्यक्रम ´ आयोजना गरिएको थियो ।
` बृहत खुल्ला रक्तदान कार्यक्रम ´ मा विभिन्न स्थानबाट गरि जम्मा २३ जना व्यक्तिहरुले रक्तदान गरेका थिए , जसमध्ये २१ जना पुरुषहरु र २ जना महिलाहरुले रक्तदान गरेका थिए । रक्तदान गर्ने व्यक्तिहरुलाई जुस , अण्डा र चनाकाे व्यवस्था गरिएको थियो ।
कार्यक्रम भने जेठ १४ गते , शनिबार , बिहान ०७:०० बजे गर्ने भनिएको थियो तर बिहानैदेखि चितवनकाे भरतपुरमा पानी परेको कारणले बिहान १०:४५ बजे शुरु भएर दिउँसो ०१:५५ बजे सम्पन्न भएको थियो । कार्यक्रम चाहिँ वाग्मती प्रदेशमा पर्ने चितवनकाे भरतपुरमा रहेको पारस बसपार्कस्थित सेरिन हाेटल प्रा.लि. ( पुरानो यूएन अफिस ) मा भएको थियो ।
कार्यक्रमको सहयोगी संस्थाहरुमा जेम्स फर्मा , के.एस पोल्ट्री सप्लायर्स लगायत अन्य विभिन्न संघसंस्था रहेका थिए ।

