श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघले राजीनामा दिएका छन् । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिन तयार रहेको बताएका प्रधानमन्त्री विक्रमासिंघे आफैले समाजिक सञ्जाल ट्वीटरमार्फत यसको पुष्टि गरेका छन्।
यसअघि प्रधानमन्त्री कार्यालयले पनि प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिएर सर्लदलीय सरकार गठन गर्न तयार रहेको बताएको थियो। उनले यसबारे आफ्नो पार्टीका नेताहरुलाई जानकारी गराइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीको प्रस्तावमा उनी सहमत भएको बिबिसीले जनाएको छ।
चरम आर्थिक संकटमा फसेको श्रीलंकाका जनता सडकमा उत्रिएका छन् भने राजनीतिक संकटसमेत चुलिएको छ।
श्रीलंकाका आज प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जामा लिएका छन्। त्यसपछि राष्ट्रपति गोटावाय राजापाक्ष राष्ट्रपति भवन छाडेर सुरक्षित स्थानतर्फ भागेको स्थानीय सञ्चारमाध्यमल जनाएका छन्।
प्रदर्शनमा श्रीलंकाका पूर्वक्रिकेटर सनथ जयसूर्या पनि सहभागी भएका थिए। उनले प्रदर्शनकारीसँगका केही तस्बिर ट्वीटरमा समेत पोष्ट गरेका थिए।
राष्ट्रपति गोटबाय राजापाक्षे राष्ट्रपति भवन छोडेर भागेको दिन शनिबार प्रधानमन्त्रीले पनि राजीनामा दिएका हुन् । आर्थिक संकट चर्किएसँगै सुरु भएको प्रर्दशनले राष्ट्रपति भवनसमेत कब्जा गरेपछि उनी शनिबारै भागेका थिए ।
राष्ट्रपति भागेपछि प्रधानमन्त्रीले आपतकालिन बैठक गरेका थिए । बैठकमा उनलाई राजीनामा दिन सुझाइएको थियो ।
To ensure the continuation of the Government including the safety of all citizens I accept the best recommendation of the Party Leaders today, to make way for an All-Party Government.
To facilitate this I will resign as Prime Minister.
— Ranil Wickremesinghe (@RW_UNP) July 9, 2022

