पछिल्लो २४ घण्टामा मुलुकभर ६२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९४५ नमूना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ६२१ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ ।संक्रिय संक्रमितमध्ये ४ हजार ८३४ जना होम आइसोलसनमा, १९० जना संस्थागत आइसोलेसन, ४९ जना आईसीयू र ६ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
त्यसैगरी विगत २४ घण्टामा ४८७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।
चितवनमा १३ नयाँ संक्रमित थपिएका छन्। ३७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।


