विनोद अधिकारी, चितवन, २४ भदौ । एनसीसी बैंकका ग्राहकहरुलाइ भरतपुर स्थित मनकामना अस्पतालले विशेष छुट दिने सम्झौता भएको छ ।
दुवै संस्था बीच सम्झौता पत्रमा हस्ताक्षर भएसगै सो अस्पतालले प्रदान गर्ने स्वास्थ्य उपचार सम्बन्धि सेवामा बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
सम्झौता अनुसार सो अस्पताल बाट सेवा लिए बापत एनसीसी बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले ओपिडी चेकअप एण्ड इन्भेष्टिगेशन, इन्डोस्कोपी, एक्सरे, युएसजी, प्याथोलोजी टेस्ट, जेनेरल वार्ड एण्ड क्याविन बेड चार्जमा १५ प्रतिशत छुट हुने भएको छ ।
त्यस्तै, ओटि चार्ड, सिटि स्क्यान, आइसीयु, एनआइसीयु, एचडियु नर्सरीमा १० प्रतिशत छुट पाउने भएका छन् । बैक कर्मचारीले भने २५ प्रतिशात सम्म छुट पाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

