पछिल्लो २४ घण्टामा कोभिड–१९ का सबैभन्दा धेरै संक्रमित चितवनमा थपिएका छन् ।
यो अवधिमा तीन हजार ७४६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर १६३ जनामा संक्रमण देखिएको थियो । तीमध्ये चितवनमा मात्र ४१ संक्रमित थपिएका हुन् ।
यस्तै, काठमाडौंमा १५, मकवानपुरमा आठ, ललितपुर र नवलपरासी पूर्वमा ६/६, गोरखामा चार संक्रमित थपिएका छन् । यो अवधिमा २८ जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


