भारतको बिहारमा प्रहरीले नरभक्षी बाघलाई गोली हानी मारेका छन् । कम्तीमा ९ मानिसलाई आक्रमण गरी मारेको बाघलाई गोली हानिएको बिहार प्रहरीले जनाएको छ ।
‘म्यान इटर अफ चम्पारन’ का रुपमा लिइने गरेको बाघ मार्नका लागि करिब २०० प्रहरी तथा स्थानीय अधिकारी खटिएका थिए । बाघको खोजीका लागि हात्ती समेत प्रयोग गरिएको थियो ।
वाल्मिकी बाघ आरक्ष नजिकका बस्ती सो बाघका कारण त्रसित रहँदै आएका थिए । स्थानीय समय अनुसार शनिबार दिउँसो ३ः१५ बजे सो बाघलाई गोली हानिएको हो । विश्वमा रहेका कुल बाघ मध्ये ७० प्रतिशत भन्दा बढी भारतमा छन् ।

