चनौली , कार्तिक २५ : यतिबेला देश चुनावी माहोलमा होमिइसकेको छ । बिभिन्न दलका नेता तथा कार्यकर्ताहरु चुनावीसभा सभा तथा घरदैलोमा ब्यस्त भएको देख्न सकिन्छ । चितवन जिल्ला यो पटक पनि सबैको चासो बनेको प्रष्ट देख्न सकिन्छ , कारण हुन् चितवन बाट स्वतन्त्र पार्टी बाट उम्मेदवारी दिएका रवि लामिछाने । त्यसै गरि जन चासो रहेको अर्को क्षेत्र हो चितवन क्षेत्र नम्बर ३ । यस क्षेत्रमा गाथा बन्धनका तर्फ बाट माओवादीले डा. भोजराज अधिकारीलाई चुनावी मैदानमा उतारेको छ भने एमाले ले नेपाली कांग्रेस बाट बिद्रोह गरि स्वतन्त्र उम्मेद्वारी दिएका ने का का केन्द्रीय सदस्य दिनेश कोइरालालाइ समर्थन गरेको छ , त्यसै गरि अर्का बलिया उमेद्वार राप्रपा का बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पनि यहि क्षेत्र बाट चुनावी मैदानमा रहेका छन् |
त्यस्तै , धेरै स्वतन्त्र उम्मेदवारले भने ठुला दलका प्रतिस्पर्धीलाइ समर्थन गर्ने होड बाजी नै चलेको छ ।
तर , यहि भिडमा एक स्वतन्त्र उम्मेदवार नन्दराज उपाध्याय भने फरक शैलीमा कैंची चिन्ह लिएर चुनावी घर दैलोमा व्यस्त छन् । उनि हरेक दिन सार्वजनिक बस चढेर क्षेत्र नम्बर ३ का हरेक बस्ति बस्तीमा पुगेर घरदैलो गरिरहेका छन् ।
नन्दराज आफुलाई धरानका मेयर हर्क साम्पाङ्ग को शैली मा चुनाव प्रचार प्रसार गरेको ठान्दछन ।
उनका अगिपछी हिंड्ने अन्य दल तथा नेताका जस्ता कार्यकर्ता तथा समर्थक १ जना पनि छैनन् । निर्वाचन आयोगको कार्यालयले उपलब्ध गराएको परिचापत्रलाई घांटीमा झुन्डाएर आफ्ना चुनावी नारा तथा आफ्ना भिजनहरु जनतालाई सुनाउदै घर घर पुगेका उनले भने ” म संग गाडी घोडा केहि छैन , प्रचार प्रसार मा अघि पछी हिड्ने मानिसहरु को झुण्ड पनि छैन् , म एक्लै हिंडेरै चुनाव प्रचार गरेको छु । ”
एक्लै हिंडेर पनि चितवन क्षेत्र नम्बर ३ मा घर दैलो गरेर लगभग अन्तिम चरणमा पुगेको उनले बताए । आज पश्चिम चितवनको चनौलिमा भेटिएका उनले भने ” यदि मैले जिते भने आफ्ना योजना हरु पुरा गर्ने मा आफु दृढ रहेको र यदि आफ्ना वाचा पुरा गर्न नसके वा आलटाल गरे यस क्षेत्रका जनताले हदै सम्मको कारबाही गर्ने सक्ने भनि जील्ला प्रशासन कार्यालयमा करारनामा तमसुक बोकेर हिंडेको छु ।” यसरि करारनामा तमसुक बोकेर चुनावी मैदानमा होमिएको दक्षिण एसियामा नै पहिलो अभ्यास हुन सक्ने उनको दावी छ ।

त्यसका अलवा खर्चालु निर्वाचनलाई बन्द गरौँ , प्राइमरी इलेक्सन , राइट टु रिजेक्ट , बिदेशमा रहेका नेपाली नागरिकले पनि चुनाव मा भाग लिन पाउनु पर्ने , कृषिलाई आधुनिकीकरण गर्नु पर्ने लगायतका नाराहरु बोकेर जनता माझ आएको नन्दराज बताउछन ।
चुनावी प्रचारमा एक्लै हिंडे पनि हजारौं भिड लिएर हिंडे पनि भोट पाउने एक जनाले नै हो त्यसैले मंसिर ४ मा आफु जित्नैको लागि चुनावमा होमिएको उनले बताए ।
जुम्ला पुर्ख्यौली घर भएका नन्दराज हाल चितवनमै बसोबास गर्छन ।

