चितवन कार्तिक २४ : राजनीतिक तथा प्राज्ञिक व्यत्तित्व प्राध्यापक डाक्टर सूर्यकान्त घिमिरे यतिवेला प्रदेश सभा निर्वाचनमा होमिनु भएको छ । लोकतान्त्रीक बाम गठवन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका घिमिरे साविक लमजुङ जिल्ला जीता गाविस वडा नम्बर २ मा २०२१ सालमा जन्मिएका उनी सानैदेखि शिक्षण पेशाका साथै पार्टीप्रति लगाव र झुकाव भएका नेता हुनुहुन्छ । लामोसमय प्राध्यापन पेशा र राजनीतिलाई सँगै लैजादै आउनु भएका घिमिरे शालीन, भद्र र बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ । घमिरे चितवनको राजनीतिमा आशा र भरोसाका नेताका रुपमा गनिनुहुन्छ । घिमिरेको राजनैतिक यात्रा भने विद्यार्थी कालबाटनै शुरु भएको हो । ‘मेरो राजनीतिक यात्रा स्कुले जीवनबाटनै हो’ उहाँले भन्नुभयो ।
लमजुङबाट चितवन झरेर हाल भरतपुर महानगरपालिक वडा नम्बर १७ स्थायी बासिन्दा उहाँले स्थानीय स्कुल शारदा माविमा अध्ययन गर्नुभयो । वि. सं. २०३६ बाट नेविसंघमा आवद्ध भई पश्चिम चितवनको उपाध्यक्ष भई स्कुलको स्ववियु सचिवमा निर्वाचित बन्नुभएका घिमिरे चितवन क्षेत्र नम्बर ३ (क)बाट अहिले प्रदेश सभामा उम्मेदवार बन्नुभएको छ ।
त्रिचन्द्र कलेज काठमाडौंमा नेविसंघको ईकाइको सभापति र रामपुर क्याम्पसमा स्ववियु निर्वाचनमा दुईपटक सम्म सभापतिको प्रत्यासी हुनु भएका घिमिरे अहिले युवा पुस्ता देखि पुराना पुस्ता सम्मले रुचाईएका नेताको रुपमा हुनुहुन्छ । बि. सं. २०४५ र २०४७ मा नेपाल विद्यार्थी संघ चितवनको अध्यक्ष भएर काम गर्नुभएका घिमिरे अहिले नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि एवम् महासमिति सदस्य समेत हुनुहुन्छ । लामो समय सम्म अध्यापन पेशामा संलग्न घिमिरे नेपाल प्राध्यापक संघको केन्द्रीय सदस्य भएर पानि काम गरि सक्नु भएको छ । बि. सं. २०५३ सालमै महाधिवेशन प्रतिनिधि भएर नेपाली काँग्रेसको राजनिति यात्रामा लाग्नु भएका घिमिरेको उच्च शिक्षा र विद्यावारिधी जापानबाट गर्नुभएको हो । त्यहांँ अध्ययन गर्ने क्रममा उहाँले नेपाल र चितवनको राजनीतिलाई गहिरो रुपमा नियाल्नुहुन्थ्यो । अध्ययन संगै विभिन्न कांँग्रेसका नेता संँग नियमित सम्पर्क र छलफल मा व्यस्त रहने घिमिरे जापानबाट फर्केपछि राजनितिमा थप क्रियाशील हुनुभयो । वि.सं. २०६० तिर जिल्ला कार्यसमिति, चितवनको सदस्य र जिल्ला कार्यसम्पादन समितिको पनि सदस्य भएर काम गर्नुभएका घिमिरे अहिले राजनैतिक रुपमा अघि वढ्ने क्रममा प्रदेश सभाको सदस्य पदको प्रत्यासी बन्नुभएको छ ।
वि. सं.२०६२/६३ सालमा जगतपुरमा भएको आन्दोलनमा नेपाली सेनाले उहाँलाई मरणासन्न हुने गरी कुटपिट गरेको सम्झना उहाँमा ताजै छ । राजनीतिक कालमा पटकपटक गरी झण्डै १ बर्ष जेल जीवन बिताउनु भएका नेता घिमिरे नेपाली काँग्रेसको गरिमा र प्रतिष्ठा उच्च राख्दै पुर्नजागरण गरी आन्तरिक लोकतन्त्र र जनमुखी बनाउन आफू कटिबद्ध रहने नेताको रुपमा परिचित हुनुहुन्छ ।
काँग्रेसका मुद्धा संगै जनताका मुद्धाहरु पनि लिएर निर्वाचनको मैदानमा रहनु भएका प्रा.डा. घिमिरे अहिले मंसिर ४ गते हुने निर्वाचनका लागि मतदाता संग मत माग्दै घरदैलोमा हुनुहुन्छ । कृषि तथा बन विज्ञान विश्वविद्यालयको संस्थापक रजिष्टार भएर विश्वविद्यालयमा सुधार ल्याउनु भएका घिमिरे प्रति जनताको आशा र भरोसा उक्तिकै छ । यो आशा र भरोसालाई विश्वासमा परिणत गर्ने गरि काम गर्ने उहाँले बताउनुभयो ।

