निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार पुकार बमलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ।
आचासंहिता उल्लंघन गरेको विषयमा आयोगले उनलाई जरिवाना तिराउने निर्णय गरेको हो। चुनाव प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्ट लगाएको भन्दै केही दिनअघि आयोगले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो।
यस्तै आयोगले बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। साथै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई पनि ५ हजार जरिवाना तिराइएको छ।
यस्तै राष्ट्रिय माध्यामिक विद्यालय, साँफेबगर अछामका प्रधानाध्यापक तिलक कुँवर र जनता आधारभूत विद्यालयका शिक्षक जिवछ यादवलाई पनि ५ हजार रुपैयाँ तिराउने निर्णय भएको आयोगले जनाएको छ।
आयोगले यसअघि काठमाडौँ महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई पनि ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो।

