चितवन कार्तिक २८ : मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभाकाे निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरू प्रचार-प्रसारकाे लागि तीव्र दाैडधुपमा छन्।
यसै क्रममा साेमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवनमा आउँदैछन्। चुनावी सभालाई सम्बोधन गर्न उनी चितवन आउन लागेका हुन्। ओली हिजाे आइतबार कर्णालीका विभिन्न जिल्लामा चुनावी सभामा सहभागी भएका थिए।
नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय अगाडि गेस्ट हाउस चौरमा बिहान ११ बजे चुनावी सभा सुरु हुनेछ।
एमालेले चितवनका प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ। चितवन क्षेत्र नम्बर ३ मा भने कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई एमालेले समर्थन गरेको छ।

