भक्तपुर – नेकपा एमालेको पोलिटव्यूरो सदस्य तथा भक्तपुर- २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसमा ७ रेक्टरको भूकम्प जाने दावी गरेका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुर- २ ‘क’ सूर्यविनायक क्षेत्र निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेसका असंख्य नेता तथा कार्यकर्ताहरू एमालेको समर्थनमा रहेको बताए।
पराजका कारण कांग्रेसमा ७ रेक्टर स्केलकाे भूकम्प जाने र त्यसपछि एमालेले कांग्रेसलाई सम्हालेर लैजाने दावीसमेत गरेका छन् । उनले भने, ‘आगामी निर्वाचन पछि कांग्रेसले ठूलो पराजय व्यहोर्नेछ । जनताबाट तिरस्कृत हुनेछ । गठबन्धनको बैशाखी अन्त्य हुनेछ । लाखौँ नेता तथा कार्यकर्ता एमालेको बलियो घरभित्र आउनेछन् । निर्वाचन पछि कांग्रेसमा ७ रेक्टरको भुकम्प जानेछ । त्यो राजनीतिक भुकम्पलाई एमालेले थाम्ने छ । त्यसपछि देशमा स्थिर सरकार बन्नेछ । विकास निर्माणका कार्यहरु सुचारु हुनेछन् । गठबन्धन सरकारले विकास होलिडेको अन्त्य एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि मात्र हुने कुरा जनताले बुझेका छन् । त्यसैले आगामी निर्वाचन पछि कांग्रेसले सरकारको नेतृत्वमा पुग्ने सपना सधैको लागि अन्त्य हुनेछ ।’
यसका साथै उनले कांग्रेसका हजारौँ कार्यकर्ताहरू एमालेमा प्रवेश तथा समर्थन गरेसँगै भक्तपुरबाट कांग्रेस ४०औँ वर्ष एमालेले नेतृत्व गर्ने अवस्था बनेको दावी गर्दै उनले देशभर कांग्रेस छोडेर तथा निर्वाचनमा पराजय पश्चात् देशभरबाट कांग्रेसलाई जनमतको माध्यमबाट जनताले लखेट्ने अवस्थामा पुगेको बताए ।

