पाण्डबखानी, माघ २७ : प्रजनन स्वास्थ रुग्णताकाे स्कृनिङ्ग तथा व्यवस्थापन नि:शुल्क स्वास्थ शिविर पाण्डबखानी स्वास्थ्य चाैकिमा सम्पन्न भएको छ । गलकाेट नगरपालिकाकाे आयाेजनामा भएको १ दिने शुल्क स्वास्थ्य शिविरमा २५ वर्ष माथीका महिलाहरुले सेवा लिएका थिए ।
गलकाेट नगर स्वास्थ शाखा बाट खटिएका अस्पताल नर्सिङ निरीक्षक रिमा बाेसेल र गलकाेट नगर अस्पतालका अनमी शाेभा काउचाले चेकअप गरेका थिए । उक्त शिविरमा ९१ जनाले सेवा लिएका थिए । जस मध्ये ३ जनामा रिङ पेसरी १४ जनामा पाेलिपकाे समस्या देखिएकाे र ४ जनालाइ पाेखरामा रहेकाे गण्डकी अस्पतालमा रिफर गर्नुपर्ने भएको गलकाेट नगर अस्पतालका अनमी शाेभा काउचाले जानकारी गराउनु भएको छ।

