चितवन कात्तिक ३० : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड गरेका छन्।
चितवन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठको गाडीमाथि मंगलबार बिहान ११ बजेतिर तोडफोड भएको थियो। उमेश श्रेष्ठका स्वकीय सचिव मदन राईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रहेको चित्रवन खबरलाई बताए।
विप्लवका कार्यकर्ताले राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार श्रेष्ठको गाडी आफूहरुले तोडफोड गरेको बताएका छन्।
चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा ३ च २०५० नम्बर को गाडीमा तोडफोड भएको हो ।
डीएसपी नरहरि अधिकारीले घटनाको छानबिन सुरु गरिएको बताए।
घरदैलो गर्ने क्रममा पार्किङ गरिराखेको गाडिमा मोटरसाइकल चढेर आएका ६ जनाले इँटा प्रहार गरेर भागेका थिए।

