चितवन मङ्सिर १ : घरदैलोको अन्तिम दिन उमेश श्रेष्ठलाई मतदाताले अग्रिम जितको शुभकामना दिएका छन्। मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनको लागि उमेद्वारको प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको छ। उमेद्वारहरु चुनाबी अभियानको आज अन्तिम दिन घरदैलो गर्ने र मतदाता रिझाउने अन्तिम कसरतमा छन्।
चितवनको सबैभन्दा बढी ध्यान केन्द्रित भएको चितवन क्षेत्र नम्बर २ मा चुनावी माहोल थप रोचक बन्दै गएको छ। चुनावी प्रचार अभियान अन्तिम चरणमा आउने क्रममा चितवन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरपालिका वडा नम्बर १० मा घरदैलो तथा विभिन्न सामाजिक संस्था तथा समुहसंग भेटघाट र अन्र्तक्रिया गरेका छन्।
नेपाली कांँग्रेस क्षेत्र नम्बर २ का सदस्य रचन कार्कीले पछिल्ला दिनहरुमा उमेश श्रेष्ठ प्रति झन उत्साह र लहर थपिएको बताए। ‘अहिले झन उमेश श्रेष्ठ सरको पक्षमा मतदाता उत्साहित हुनुहुन्छ ,उनले भने, उहांँहरुले अग्रिम जितको बधाई पनि दिनुभएको छ।’ विभिन्न आमा समुह, सामाजिक संस्था, टोलका अन्य संस्थाहरुले पनि कार्यक्रम राखेरनै स्वागत तथा शुभकामना दिएको कार्कीले बताए।
प्रचारप्रसार अभियानका क्रममा बोल्दै श्रेष्ठले मतदाताले दिएको विश्वासलाई आफूले कहिल्यैपनि डगमगाउउन नदिने बताए । ‘जनताले अहिले उन्नति प्रगति समृद्धि चाहनु भएको छ। विश्वास जनताले गर्ने हो विकास मैले गर्ने हो।’ श्रेष्ठले भने। मतदाता र जनताले आफूलाई निकै ठुलो आशा र भरोसा गरेकोले यो निर्वाचन आफ्नो परीक्षाको घडी समेत भएको श्रेष्ठले बताए।

