चितवन मङ्सिर ६ : चितवन ३ राप्रपाले झिनो अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले २३५६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २३४९ मत पाएका छन् ।
यस्तै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २२१३ मत पाएका छन् । यसैगरी चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालले २०७८ मत पाएका छन् ।

