काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा नेपाली कांग्रेसका प्रदीप पौडेलले झण्डै ४ हजार मतले अग्रता कायम गरेका छन् ।
हालसम्म ३८ हजार २६४ मतगणना हुँदा पौडेलले १२ हजार ५६२ मतसहित अग्रता कायम गरेका छन् । यो क्षेत्रमा नेकपा एमालेका ईश्वर पोखरेल उम्मेदवार थिए । उनले हालसम्म ८ हजार ६२४ मत पाएका छन् ।
काठमाडौं ५ मा ४५ हजार ९८७ मत खसेको थियो । अहिले पौडेल पोखरेलभन्दा ३९३८ मतले अगाडि छन् ।

