काठमाडौँ ५ मा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन्। मंगलबार राति आएको निर्वाचन परिणामअनुसार कांग्रेसका प्रदीप पौडेलले पोखरेललाई पराजित गरेका हुन्। पोखरेल ५ हजार ६५ मतान्तरले पराजित भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अुनसार पौडेलले १५ हजार २३७ मत पाए भने एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन्। पोखरेल यसअघि दुईपटक काठमाडौँ ५ बाट निर्वाचित भएका थिए।

