चितवन १० मङ्सिर : चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उमेदवार दिनेश कोइरालाले आफू आगामी दिनमा भ्रष्टचारको आडमा राजनीति मौलाउन नदिने अभियानमा लाग्ने बताएका छन् ।
नेपाली कांग्रेसबाट बागी उमेदवारी दिएर चुनाव लडेका उनले निर्वाचनबाट भ्रष्टाचार, बेथिति, परिवारतन्त्र, पार्टीको निजीकरणलगायत विषयसँग लड्ने उर्जा मिलेको उल्लेख गरेका छन् ।
समाजिक सञ्जाल फेसबुकमा शनिबार बिहान स्टाटस लेख्दै उनले आफ्नो उमेदवारी चुनाव जित्न मात्र नभएर देशमा परिवारवाद, अर्थवाद र भ्रष्टतन्त्रको अन्त्यका लागि अभियान चलाउन रहेको उल्लेख गरेका छन् ।
साथै, उनले चुनाव जित्ने राप्रपाका विक्रम पाण्डेलाई बधाई पनि दिएका छन् ।

