रास्वपा भरतपुर–२६ द्वारा ज्येष्ठ नागरिक सम्मान
ज्योतिनगर । राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर–२६ वडा कमिटीले शनिबार वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
पार्टीले सम्मान स्वरुप भरतपुर–२६ का करीव १४० जना ज्येष्ठ नागरिकलाइ छाता प्रदान गरेको हो ।
भरतपुर–२६ का वडा सभापति नारायणप्रसाद ढकालको सभापतित्वमा सम्पन्न् कार्यक्रममा रास्वपा केन्द्रीय सदस्य सविना वि क प्रमुख अतिथि रहेकी थिइन । उक्त अवसरमा वोल्दै उनले ज्येष्ठ समाजको हरेक विकासको गति र तीव्रतामा पनि ज्येष्ठ नागरिकको भूमिका अतुलनीय रहँदै आएको वताइन।
रास्वपा चितवनका अध्यक्ष मिनिमाधव खनालले ज्येष्ठ नागरिकहरु अनुभवका खानी र परिवर्तनका हिस्सेदार भएकोले यिनको विगतको योगदानको स्मरण गर्दै सदा सम्मान गर्नुपर्ने बताय। ।
उक्त अवसरमा रास्वपा क्षेत्रीय सभापती विष्णुप्रसाद पौडेल, भरतपुर महानगर सभापती सिता ज्ञवाली, उपसभापती निर्मला गिरी,रास्वपा वडा नंं २४ का अध्यक्ष कृष्णप्रसाद चालिसे, भरतपुर २६ का वडा सदस्य प्रकाश सुवेदी, रेडक्रस दिव्यनगरका सभापती जिवाखर ढकाल, नेपाली कांग्रेस भरतपुर २६ का सभापती पुरूषोतम कमल ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण इश्वरीराज निर्दोषीले गरेका थिए।



