प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। काज सरुवाको क्रममा ३ जिल्ला र काठमाडौं उपत्यकाका केही वृत्तका प्रहरी प्रमुख फेरिएका छन्।
रामेछाप, दोलखा, रसुवा तथा काठमाडौं उपत्यका भित्रका सातदोबाटो र चापागाउँ वृत्तका प्रहरी प्रमुख फेरिएका हुन्। प्रहरी प्रधान कार्यालयले रामेछापमा डीएसपी राजकुमार थिङ, दोलखामा गंगाप्रसाद पौडेल र रसुवामा कुलदीप चन्दलाई नयाँ प्रहरी प्रमुखको रुपमा खटाएको छ।
यस्तै, महानगरीय प्रहरी परिसर ललितपुर मातहतका महानगरीय प्रहरी वृत्त सातदोबाटोमा डीएसपी मदन केसी र चापागाउँमा डीएसपी द्वारिका घिमिरेको सरुवा गरिएको छ। डीएसपी देवेन्द्र पाण्डेको प्रहरी प्रधान कार्यालय, नवराज ढुंगानाको १ नम्बर प्रदेश प्रहरी कार्यालय, टेकबहादुर कार्कीको प्रहरी प्रधान कार्यालय, भेसराज रिजालको महानगरीय अपराध महाशाखामा सरुवा गरिएको छ।
यस्तै, डीएसपी दिनेश घिमिरेलाई महानगरीय प्रहरी कार्यालय (मेट्रो) सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।